शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कपिलवस्तुमा चोरहरुको पनि सम्मेलन !

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • कपिलवस्तु । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् ।

    हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दसँैको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ ।

    असोज २२ गते राति सिराज खान डक्टरको लु २० प ९४१७ नंको मोटरसाइकल उनकै निवास पर्सियाबाट चोरी भयो । त्यसपछि असोज २६ गते राति शिवराज नगरपालिका–६ निवासी विष्णु हमालको लु १८ प २३९८ नंको मोटरसाइकल चोरी भयो र सोही रात तिलक गैरेको लु १२ प ४७७७ र अनिरुद्ध सापकोटाको लु २६ प ७६०४ नंको मोटरसाइकल शिवपुरबाट चोरी भयो ।

    त्यस्को भोलिपल्ट विष्णु हमालको मोटरसाइकल शिवपुरको एक झाडीमा लुकाइराखेको अवास्थामा फेला प¥यो । अन्यको अझैसम्म पत्ता नलागेको र खोजी जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

    त्यस्तै, २०७२ चैत ४ गते चन्द्रौटाको नापी कार्यालयमा कार्यरत बेचन गुप्ताको लु १६ प ५०७४ नंको मोटरसाइकल र चन्द्रौटाका होटल सञ्चालन गरिरहनुभएको पदम ढकालको लु १३ प ५५५४ नंको मोटरसाइकलको अझैसम्म अत्तोपत्तो नभएको बताइएको छ । दिन प्रतिदिन मोटरसाइकल चोरी बढ्नु प्रहरी प्रशासनको कामजोरी रहेको स्थानीयवासीले बताएका छन् ।

    चोरहरुको पनि भेला

    यसैबीच, मोटरसाइकल चोरी गर्ने गिरोहको भेला शिवराज नगरपालिकाको एक बगैँचामा सम्पन्न भएको बुझिएको छ । चोरहरुले आफूहरुले यस क्षेत्रमा कुनै पनि मोटरसाइकल नचोरेको बताएका छन् ।

    स्रोतका अनुसार चोरहरुले रातभरि बगैँचामा खानपिन गरेको पनि खुल्न आएको छ । सो भेलामा कपिलवस्तु, रुपन्देही, नवलपरासी, रोल्पा, प्यूठान, दाङ र भारतका केही गिरोह सहभागी भएको स्रोतको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij