शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • चितवन । पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ ।

    पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो । वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा एक्कासि करेन्ट लागेर स्थानीयवासी ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    आज बिहान करिब २ बजेको समयमा भएको उक्त घटनामा गम्भीर भएका खतिवडाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तु पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले स्थानीयवासीले बाली र घर संरक्षणका लागि यसरी करेन्ट प्रवाह गरेर तार लगाउने गर्दछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij