आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दार्चुला सदरमुकाम डुबानमा पर्ने सम्भावना, सतर्क रहन आग्रह

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • बैतडी । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।

    प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले  दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । “महाकाली नदी पहिरोले साघुरिँदै गएको छ”– उहाँले भन्नुभयो, “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन,” उहाँले बताउनुभयो ।

    सुरुमा असोज १८ गते खसेको पहिरोले नदीको केही भाग अवरुद्ध भएको भएपनि गएराति थप पहिरो खस्दा नदी थुनिने सम्भावना बढेकोे उहाँले बताउनुभयो । तत्काललाई खतरा नभए पनि खतरामुक्त भइसकेको छैन, प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “पहिरोले नदीको पानीलाई नेपालतिर धकेल्दै आएको छ ।”

    बिहान, दिउँसो र बेलुकासमेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै प्रजिअ जोशीले पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भयो भने खतरा उत्पन्न हुनसक्ने र त्यसका लागि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्मले शुक्रबार रातिदेखि सेनाले निरन्तर पहिरोलाई निरीक्षण गरिरहेको र सम्भावित समस्यालाई कसरी टार्ने भन्ने सम्बन्धमा पनि तयारी नेपाली सेनाले गरिरहेको उहाँले बताउनुभयो ।

    आज पनि भारतको धारचुलाका उपजिल्ला अधिकारी, प्राविधिक, दार्चुलाका प्रमुख जिल्ला अधिकारी लगायतले पहिरोको अनुगमन गरेको र आइतबार थप अनुगमन गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij