आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

पोलिटेक्निक भवनलाई थप सहयोग गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • रोल्पा  । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङमा निर्माणाधीन पोलिटेक्निकका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आफ्नै गृहगाउँ मेवाङमा निर्माणाधीन पोलिटेक्निक अवलोकनका क्रममा रहनुभएका महराले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । पोलिटेक्निक सञ्चालनका लागि थप जग्गा र बाटोको समस्या रहेको भन्ने स्थानीयवासीेको मागमा महराले भने, “बाटो कहाँबाट निर्माण गर्ने तथा जग्गा कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी तपार्इंहरुको र बजेट व्यवस्थापन गरिदिने जिम्मा मेरो हो ।”

    ‘एकमतका साथ तपाईंहरु आउनुभयो भने बाटो र जग्गाका लागि बजेटको कमी हुन दिन्न,’ महराले जोड दिए । आफ्नै पैतृक सम्पत्तिबाट महराले पोलिटेक्निकका लागि ३२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । सोही जग्गामा सरकारबाट अघिल्लो वर्ष रु चार करोड २४ लाख र चालु वर्ष थप रु १० करोड ६० लाख बजेट विनियोजन भएपछि भवन निर्माण कार्य भइरहेको पोलिटेक्निक सञ्चालक समितिका अध्यक्ष हरिबहादुर मल्लले जानकारी दिए ।

    पहिलो वर्ष प्राप्त बजेटबाट कक्षाकोठा, ब्लक, ल्याब ब्लक, प्रशासनिक भवन, प्रिन्सिपल क्वार्टर, गार्ड हाउस, शौचालय, रिजरवायर टङ्कीसहित खानेपानी, तार, जाली र रिटेनिङ वाल निर्माण भएको र चालु आवको बजेटबाट बहुउद्देश्यीय प्राविधिक शिक्षालयका लागि क्यान्टिन, सिनियर स्टाप क्वार्टर, जुनियर स्टाफ क्वार्टर, भाइस प्रिन्सिपल क्वार्टर, ट्वाइलेट, गार्ड हाउस, एकेडमिक ब्लक, होस्टेल, एनिमल सिड, भेटेरिनरी क्लिनिक, जेनेरेटर हाउस निर्माण गर्न लागिएको अध्यक्ष मल्लले जानकारी दिए ।

    अनुगमनमा अर्थसचिव शान्तराज सुवेदी, पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका सचिव वर्षमान पुन, नेत्री जयपुरी घर्ती लगायतको सहभागिता थियो । स्थानीयवासीले सो पोलिटेक्निकमा यस वर्षदेखि कक्षा आरम्भ गर्न सिटिभिटीलाई आग्रह पनि गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij