प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
काठमाडौ । सरकारले कृषिलाई आधुनिकीकरण तथा यान्त्रिककरण गर्नुपर्छ भन्दै अर्बौ बजेट लगानी गरिरहेको बेला सरोकारबालाहरुले दिगो कृषि विकासमा जोड दिएका छन् ।
राजधानीमा ‘जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनैपर्छ ’ भन्ने मूल नाराका साथ आइतबार ३६ औ विश्व खाद्य दिवस मनाउने कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाकला अध्यक्ष उद्धव अधिकारीले सरकारले औद्योगिक कृषि विकासका लागि यान्त्रिककरणमा जोड दिनुपर्ने भनेपनि त्यसको प्रभाव कतै नदेखिएको गुनासो गरे ।
उनले आफू आधुनिकिकरण तथा यान्त्रिककरणको विरोधी नभएको भन्दै नेपालमा भएका साधनस्रोतलाई कसरी प्रयोग गरेर कृषिलाई दिगो बनाउनु पर्छमात्रै भनेको बताए ।
खाद्यका लागि कृषि अभियानका अध्यक्ष कृष्ण पौडेलले कृषिमा सरकारी तथ्यांक भरपर्दो नरहेको बताए ।
उनले भने, ‘ अहिलेको सरकारी तथ्यांक हेर्ने हो भने पाँचलाख मेट्रिक टन खद्यान्न बचत छ तर अर्को तथ्यांक हेर्नुभो भने अर्बौको खद्यान्न बाहिरबाट ल्याउनु परेको छ, । सरकारी तथ्यांक नसच्याएसम्म नेपालको कृषि यस्तै धारासय भइरहने छ ।’
खाद्य सुरक्षा, अधिकार र सम्प्रभूता सविधानमा लेखिएको एक वर्ष भन्दा बढी भइसकेपनि यसको कार्यान्वयनतर्फ खासै ध्यान नगएको उनले दावी गरे ।
कार्यक्रम खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, नेपाल कृषि पत्रकार प्रतिष्ठान र राष्ट्रिय भूमि अधिकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij