शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सीमाना निर्धारण आयोगलाई विवरण दिन निर्देशन

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • काठमाडौँ   ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शीघ्र सम्पन्न गर्न प्रत्येक नगरपालिकाको वडागत रुपमा जनसङ्ख्याको विवरण सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।

    बैठकले प्रत्येक गाविस र इलाकागत जनसङ्ख्याको विवरण मन्त्रालयले आयोगलाई तीन दिनभित्र उपलब्ध गराउन पनि निर्देशन गरेको छ ।

    उपरोक्त विवरणका अतिरिक्त अन्य निकायबाट समेत विवरण आवश्यक भएमा आवश्यकताअनुसार नेपाल सरकारका सम्बद्ध निकायसँग समन्वय गरी मन्त्रालयले आयोगलाई आवश्यक पर्ने विवरणहरु यथाशीघ्र उपलब्ध गराउनु पर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

    उक्त बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, मध्यमाञ्चलका क्षेत्रीय प्रशासक तथा मन्त्रालयका निमित्त सचिवलगायतका पदाधिकारीको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij