शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

संशोधन हुँदै कम्पनी ऐन २०७३

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • काठमाडौँ  । सरकारले विद्युतीय कारोबारलाई मान्यता दिनेगरी कम्पनी ऐन, २०७३ लाई संशोधनका लागि संसद्मा पठाउने तयारी गरेको छ ।

    उद्योग मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले मन्त्रिपरिषद्ले कम्पनीसम्बन्धी ऐन संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको जानकारी दिए । उनका अनुसार संसद्को आगामी बैठमा उक्त प्रस्तावलाई लगिनेछ ।

    ऐनको संशोधनमा विद्युतीय माध्यमबाट प्राप्त कागजातका आधारमा कम्पनी दर्ताको कारबाही हुने व्यवस्था गरिएको छ ।

    साथै ऐनको दफा ६ मा कम्पनीको ट्रेडमार्कसँग भन्ने शब्द थप गरिएको छ भने दफा ६२ मा संशोधन गरी कम्पनीले सहायक कम्पनीको सेयर खरिद गर्न र ऋण तथा आर्थिक सहयोग दिन नहुने व्यवस्था गरिएको छ ।

    त्यसैगरी ऐनको दफा १०१ मा संशोधन गरी सहायक कम्पनीका पदाधिकारी र आधारभूत सेयरधनीले समेत निजका नजिकको नातेदारलाई ऋण र आर्थिक सहायता दिन तथा जमानत वा संरक्षण दिन नहुने व्यवस्था गरिएको मन्त्री जोशीले जानकारी दिए ।

    दफा १०५ मा संशोधन गरी कम्पनीले एक आर्थिक वर्षमा रु एक लाखसम्म चन्दा, अनुदान र दान दिनसक्ने व्यवस्था गरेको छ । यो सम्बन्धी व्यवस्थामा पहिला रु ५० हजारसम्म रहेको थियो ।

    दफा १८७ (क) थप गरी कम्पनी रजिस्ट्रारको कार्यालयले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने विषयमा आवश्यक निर्देशिका वा मापदण्ड बनाउनसक्ने व्यवस्था थप गर्नुका साथै अन्य विभिन्न दफामा भाषागत र अन्य सामान्य विषय मिलाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij