शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

शितल निवासमा सुटुक्क ‘इङ्गेज्मेन्ट’

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • नेपालका प्रथम राष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति डा. यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुको इङ्गेज्मेन्ट (टिकाटालो) भएको छ ।

    अभिषेक पूर्व राष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुशुमबीच विवाहको प्रसङ्ग २ वर्षदेखि नै चलेको थियो । अध्ययनलगायतका कारणले सरेको थियो । यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहेको यादवको पारिवारिक स्रोतले कान्तिपुरलाई बतायो ।

    टिकाटालो कार्यक्रम गोप्य राखिएको थियो । दुई राजनीतिक पृष्ठभूमिको परिवार बीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शितलनिवास पुगेका थिए ।

    ‘पारिवारिक कार्यक्रम भएकाले हल्लाखल्ला गर्नुपर्ने कारण भएन । धेरैलाई बोलाएका पनि थिएनौं,’ अभिषेकका पिता मुनिलाल यादवले भने । २९ वर्षीय अभिषेक बुढानिलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।

    उतिबेलादेखि प्रेममा रहेका दुवैको परिवारिक सहमतिमा विवाह हुन लागेको हो । अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लण्डनबाट अर्थशास्त्रमा उच्च अध्ययन गरेका छन् । निशाकुसुमले भने नयाँ दिल्लीबाट एमबिबिएस गरेकी छन् । ‘ज्योतिषीबाट हेराई विवाहको दिन तय गर्ने भनिएको छ’, शितल निवास स्रोतले बतायो ।

    टिकाटालो कार्यक्रम नेपाली सेनाको टुकडीले मंगलधुन बजाई सुरु गरिएको थियो । मंगलधुनपछि ५ जना पण्डितले स्वस्ती पाठ गरेका थिए । राष्ट्रपति भण्डारीले अभिषेक र निशाकुसुम दुवैलाई टिका र माला पहिर्‍याएकी थिइन् । कार्यक्रममा पूर्व राष्ट्रपति यादव भने उपचारका लागि अमेरिकामा रहेकाले सहभागी भएनन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij