प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३
काठमाडौं । हिजो आइतवार भएको एउटा भेलाले अछामका दिपक परियारको अध्यक्षतामा ३९ सदस्य रहेको दक्षिण पूर्वी जिल्ला समिती गठन गरेको हो ।
त्यसैगरी समितीको उपाध्यक्षमा मंगल परियार र गोपाल खड्का, सचिवमा रतन वि.क, कोषाध्यक्षमा अमर दर्लामी र सहसचिवमा मिन बहादुर नेपाली रहेका छन् ।
संयुक्त क्षेत्रिय समिती अन्तर्गत पर्ने दिल्ली एनसिआरको नोएडा, ओखला लगायतका एरियामा रोजगारीको सिलसिलामा पुगेका पूर्व जनमुक्ति सेना, विद्यार्थी, कलाकार र अन्य नेपालीको उपस्थितीमा भेलाको आयोजना गरीएको थियो ।
नेपाली जनयुद्धमा जनवादी कलाकारको भूमिका निर्वाह गरेका कमरेड पर्वत र अखिल भारत नेपाली एकता मञ्चका युवा नेता सुवास विश्वकर्मा र एकता मञ्चका केन्द्रिय सचिव आरवि खड्काले नवनिर्वाचित जिल्ला समितीलाइ शुभकामना दिएको सचिव खड्काले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij