शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ब्रेन ट्यूमर विरामीका उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • घोराही, २६ साउन । ब्रेन ट्यूमर विरामी त्रिपुर नगरपालिका–३ ठाटीगाउँ निवासी देवा बुढाथोकीलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ । बुढाथोकी परिवारले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी उपचारका लागि ठूलो रकम आवश्यक पर्ने र पारिवारकि आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोग गरिदिन याचना गरेको हो ।

    हामीलाई साँझ विहानको छाक काट्नै धौधौ छ, उता छोरी अस्पतालको वेडमा छ’, विरामीकी आमा इश्वरी वुढाथोकीले भन्नुभयो–‘लौना कसैको सानो सहयोगले छोरीको ज्यान वच्न सक्छ, सहयोग गरेर ज्यान बचाइदिनुप¥यो ।’

    उहाँले छोरीको एक सातादेखि काठमाडोंको विर अस्पतालमा उपचार भइरहेको र उपचार खर्च ४ लाख वढी लाग्ने अस्पतालले बताएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    पहिले सामान्य विरामीको ख्याल नहुँदा गाउँमै धामीझाक्री गर्दा एक लाख वढी खर्च भइसकेको र अहिले उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सम्दो सहयोग गरिदिन आफन्त पुजा शाहीले बताउनुभयो । सहयोग गर्न चाहाने दाताहरुले पीडित बुढाथोकीकी आमा इश्वरी बुढाथोकीको मोवाइल नं। ९८४७८८०३७१ र छोरी ९८०९८२५८७४ मोवाइ नम्वरमा सम्पर्क गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij