प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्न पुगेको सर्वोच्चको टोलीमाथि अवरोध भएको छ ।
सोमबार कार्कीको मध्यबानेश्वरमा रहेको घरमा म्याद टाँस्न सर्वोच्च अदालतका दुई तामेलदार पुग्दा १०–१५ जनाको समुहमा रहेका युवाहरुले म्याद टाँस्न अवरोध गरेका हुन् । उनीहरुको अवरोध सँगै टोली म्यान टाँस नगरी फर्किएको छ ।
कार्कीले सो घर सामसुङ कम्पनीलाई भाडामा दिएको बताइएको छ ।
कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा उनी सुनुवाइका लागि अदालत आउन नमानेपछि सर्वोच्चले घरमा म्याद टाँस्ने प्रयास गर्दै आएको छ । यसअघि पनि सर्वोच्चको टोली म्याद टाँस गर्न त्यहाँ पुगेपनि असफल भएको थियो ।
अख्तियारको सरकारी निवासमा बस्दै आएका उनी हाल देशबाहिर रहेका छन् ।
अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्कीविरुद्धको मुद्धा सर्वोच्च अदालतले पहिले खारेज गरेको थियो भने एक महिनाअघि प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलाशले सो मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij