प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३
दाङ । दानदाताको सहयोगमा दाङको तुलसीपुरमा सुविधासम्पन्न धर्मशालाको निर्माण गरिएको छ ।
६५ लाख लागतमा त्रिसिद्धेश्वरी मन्दीर परीसरमा सुविधासम्पन्न आधुनीक धर्मशालाको निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका सदस्य निर्मल नेपालीले जानकारी दिए ।
उनका अनुसार एउटा हल र ४ वटा अट्याच सहित १२ वटा कोठा छन् । धर्मशाला निर्माणका लागि त्रीसिद्धेश्वरी मन्दीर व्यवस्थापन समितिले २४ फागुन देखि १ चैत्र २०७१ सम्म श्रीमद भागबत ज्ञान महायज्ञ संचालन गरेको थीयो ।
्ज्ञान महायज्ञ संचालनबाट संकलीत ८० लाख रकम मध्य सबैखर्च कटाएर बचेको ५८ लाख र बाँकी ७ लाख रुपैयाँ साहुऋण गरेर धर्मशाला निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।
त्रिसिद्धेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गरि बाह्य तथा आन्तरीक पर्यकटक भित्रयाउने उद्देश्यले धर्मशाला निर्माण गरिएको समितिका अध्यक्ष देवराज आचार्यले बताए ।
विशेष गरि धर्मशाला निर्माण भएपछि विभाह, व्रतवन्ध, पुजाआरधना गर्न सहजता हुने बताइएको छ । धर्मशाला निर्माण पछि टाढा र शहजरबजारमा बसेकाले पनि त्यहाँ गएर सहजै धार्मीक कार्य गर्न पाउने भएका छन् ।
धर्मशाला निर्माण पछि समितिले बार्षिक करिब ४ लाख बढी आर्थिक संकलन गर्ने लक्ष्य लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij