शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

विश्वकै भाग्यमानी ? प्लेन दुर्घटनाबाट बाचेको एकहप्तामा १ मिलियन डलरको चिठ्ठा

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • दुबई – ६ दिनअघि मोहमद बासिर अब्दुल खदार ६ दिन अघि विमान दुर्घटनाबाट बालबाल बचेका थिए । उनी सवार इमिरेटस्को इके ५२१ विमान दुबईको विमानस्थलमा दुर्घटनामा परेको थियो ।

    प्लेन पड्किएर आगोको डल्लोमा परिणत हुनअघि केही मिनेटअघि उनीसँगै विमानमा सवार ३ सय जना सकुशल निस्कन सफल भएका थिए । त्यतिबेला भाग्यले बाँचेका ६२ वर्षीय खदारले अहिले १ मिलियन डलर बराबरको चिठ्ठा जितेका छन् ।

    दुबईको एक कार डिलरसिप कम्पनीमा काम गर्ने भारतीय मुलका खदारले परिवारसँग भारतको केरलामा छुट्टीमा जानअघि दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमा दुबाई ड्युटी फ्रि मिलेनियम मिलियनेर लट्री किनेका थिए ।

    तर, फर्कदा उनको प्लेन दुर्घटना पर्यो । त्यतिबेला भाग्यले उनी बाँच्न सफल भए । अहिले फेरि उनलाई भाग्यले साथ दिएको छ । उनको किनेको ०८४५ नम्बरको टिकटले ३.६७ मिलियन दिराम जित्न सफल भएका छन् ।

    36D55F3000000578-0-image-a-5_1470821425724
    गल्फ न्युजसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले दुबईमा ३७ वर्षदेखि दुबईमा काम गरिरहेको छु । मलाई यो मेरै देशजस्तै लाग्छ । मलाई दोस्रो जीवन दिनुभएकोमा भगवानलाई धन्यवाद दिन चाहन्छु । अझ पैसा पनि थप दिनुभएकोमा पनि धन्यवाद दिन चाहन्छु । यसलाई राम्रो काममा खर्चने छु ।’

    उनले किनेको यो १७ औं टिकट हो । सन् १९७८ देखि दुबईमा काम गर्न शुरु गरेका खदिर अबको चार महिनापछि अवकास पाउँदैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij