प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३
बुटवल । यहाँका विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । सम्बन्धित होटल धनीलाई पनि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij