शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

उपत्यकामा अनुदान सम्झौता कहिले ?

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३



  • काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सुरु हुन अझै केही दिन लाग्ने भएको छ ।

    उपत्यकाका तीन जिल्लाका चार सय वडामध्ये १३ वटा वडाका तथ्याङ्क अझै प्राप्त नभइसकेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए  ।
    वस्तीका अनुसार बाँकी वडाको तथ्याङ्क आएपछि वडागत रूपमा तथ्याङ्कलाई छुट्याएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा अध्ययन र प्रमाणीकरणका लागि पठाइन्छ ।  प्राधिकरणबाट प्रमाणित भएर आएका लाभग्राहीको सूची सम्बन्धित जिल्ला समन्वय समितिमा पठाएपछि अनुदान सम्झौताको कार्य थालिनेछ ।
    प्राधिकरणलाई प्राप्त तीन जिल्लाको गरी करीब ५५ हजार लाभग्राहीको सूची प्रमाणित गरेर नाम प्रकाशित गर्न र सम्झौता कार्य अगाडि बढाउन केन्द्रीय आयोजना इकाइलाई निर्देशन दिइसकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए  ।
    काठमाडौँ उपत्यकामा करिब एक लाख १५ हजार ८०३ भूकम्पपीडितको लगत सम्परीक्षण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ, गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij