शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लोकमान नियुक्ति विवाद : पत्रिकामार्फत म्यादको सूचना दिने अदालतको तयारी

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३



  • काठमाडौं  ।  नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्याद बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना निकाल्ने तयारी थालेको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
    म्याद बुझाउन पुगेको सर्वोच्च अदालतको टोलीलाई तेस्रोपटक पनि स्थानीय र कार्कीका आफन्तले अवरोध गरेपछि अदालत सार्वजनिक सञ्चारमाध्यममा ३५ दिने सूचना निकाल्ने तयारीमा जुटेको हो ।

    सोमबार तेस्रोपटक म्याद तामेलको प्रयासमा पनि वडा कार्यालय, घर बहालमा लिएर बस्ने व्यक्ति तथा कार्कीका आफन्तले असहयोग गरेपछि पत्रिकामा सूचना निकालेर म्यादको सूचना दिने तयारीमा जुटेको अदालत प्रशासन स्रोतले बतायो ।

    उनको नियुक्तिलाई चुनौती दिँदै दायर रिट निवेदनलाई पुनः सुनवाइ गर्ने आदेश दिँदै अदालतले कार्कीसँग लिखित जवाफ मागेको थियो । अदालतको आदेशअनुसार बानेश्वरस्थित कार्की निवासमा पुगेको सर्वोच्च अदालतको टोलीलाई सोमबार पनि अवरोध गरिएको हो । कार्कीको घरमा भाडा लिएर बस्ने व्यक्ति र कार्कीका नातेदारले अदालतको म्याद टाँस गर्न नदिएपछि तामेलीका लागि पुगेको टोली म्याद नै नटाँसी फर्किएको छ ।

    कार्कीलाई विपक्षी बनाई दायर रिटमा उनको ठेगाना बानेश्वर उल्लेख भएका कारण अदालतले सोही ठेगानामा म्याद तामेलको प्रक्रिया अघि बढाएको हो । प्रमुख आयुक्त कार्की विदेशमा भएका कारण उनलाई बुझाउन नसेकपछि अदालतका तामेलदारले घरमा म्याद टाँस गर्ने प्रयास गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij