प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३
युएई । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की हाल दुबईमा रहेका छन् ।
आजै मात्र युएईको प्रसिद्ध व्यापारिक सेन्टर मानिने दुबई मलमा उनी घुमफिरमा रहेको अबस्थामा भेटिएको दुबई मलमा कार्यरत नेपालीहरुले बताएका छन् ।
यसअघि उनी क्यानडा भएको खबरहरु संचारमाध्यममा आएका थिए । उनी नेपाली दुताबासको सरकारी गाडीमा दुबई घुमिरहेको श्रोतको दाबी छ ।
पटक पटक गरेर कार्कीले कात्तिक १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा उनको स्वीकृत समेत गरिसकेको छ ।
उनी किन दुबई आए भन्ने बारे कुनै जानकारी प्राप्त हुने सकेको छैन ।
अख्तियार प्रमुखमा उनको नियुक्ति अवैधानिक रहेको भन्दै मुद्दा सर्वोच्चमा मुद्दा परेकामा उनले पत्र बुझ्न आनाकानी गर्दै आएकोमा आज लामो कसरतपछि सर्बोच्चले म्याद तामेली गरिसकेको छ ।
एक महिनाको लामो प्रयासपछि सोमबार बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको प्रतिवेदन मंगलबार अदालतमा प्राप्त भएको हो । अब भने मुद्दा पेशीमा चढ्ने छ ।
काठमाडौं महानगरपालिका वडा नं १० की सचिव सरिता राईको रोहबरमा म्याद तामेल पत्र पढेर सुनाइएको थियो ।
यसैबीच उनको दुबई भ्रमणबारे नेपाली राजदुतावास युएईका द्वित्तिय सचिब कृष्ण अर्यालले पुष्टी गरेका छन् ।
रातोपाटीसँग कुरा गर्दै अर्यालले भने, ‘उहाँ एक हप्ता अघी क्यानडा बाट युएई आउनु भएको हो, तर जानु भए नभएको बारेमा खबर छैन ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij