आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

ख्रिस्टमसमा सरकारले बिदा कटौती गरेको भन्दै महासंघको आपत्ति

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • ललितपुर । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ ।

    राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले मंगलबार बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ ।

    महासङ्घका अध्यक्ष सिबी गहतराजले ख्रिस्टमसका दिन पहिले दिँदै आएको सार्वजनिक बिदालाई गृह मन्त्रालयले केही वर्षदेखि इसाई कर्मचारीका लागि सीमित गरेको बताए । उनले भने, “सबै ख्रिस्टियन समुदायको आस्था र अधिकारको सम्मान गरेर ख्रिस्टमसका दिन सार्वजनिक बिदाको निर्णय गर्न पनि हामी अनुरोध गर्छौैं ।”

    समाधिस्थल उपलब्ध गराउन पनि गहतराजले माग गर्नुभयो । उनले भने, “मृत्यु संस्कार गर्नबाट समेत हामी वञ्चित हुनुपर्ने अवस्था छ ।” गत असारमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्रमार्फत परियोजना सम्झौता वा पूर्वसहमति दिँदा धर्मप्रचारसम्बन्धी परियोजना अस्वीकृत गर्न निर्देशन दिएको थियो । यसले गर्दा धार्मिक आस्थामा ठेस पुगेको आयोगका अध्यक्षलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ ।

    आयोगका अध्यक्ष शर्माले दिइरहेको सार्वजनिक बिदा कटौती गर्न नहुने नै आयोगको दृष्टिकोण भएको बताए । आयोग कार्यान्वयन गर्नेभन्दा पनि दबाब दिने निकाय भएकाले आफ्नो काम गर्ने उनले बताए । उनले भने, “हामी दबाब दिन्छौँ महासङ्घले ऐन बनाउने समय भएकाले सांसदहरुलाई दबाब दिनुपर्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij