प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
प्यूठान । अहिले जिल्लामा रहेका प्रायःजसो सार्वजनिक शौचालयहरु प्रयोगविहिन अवस्थामा रहेका छन् ।
जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरी पूर्ण आनिवानीमा परिवर्तन युक्त बनाउने अभियान सञ्चालन थालिएको छ ।
तर, जिल्लाको सदरमुकाम जोड्ने सडक खण्डमा रहेका सार्वजनिक शौचालय भने प्रयोग विहिन अवस्थामा छन् ।
“सन २०१३ सरसफाई युक्त प्यूठान हेर” भन्ने नारा धमाधम खुल्ला दिसा मुक्तबाट आनिवानीमा परिवर्तन भएको गाउँ टोल, जिल्ला घोषणा अभियानमा अगाडि बढेको प्यूठानमा बड्डाडा, चकचके, जलुके, बाग्दुला, खलगां, नंया बजार जुम्री, स्वर्गद्धारी लगायतका स्थानमा रहेका सार्वजनिक शौचायलहरु अव्यवस्थित रुपमा बनेका छन् ।
सार्वजनिक शौचालयहरु बस स्टेसनदेखि अलि टाढा रहेकोले र हुनु पर्ने ठाउँहरुमा शौचालयनै नहुंदा विचबाटोमा बस रोकेर खुला ठाउँमा जान बाध्य भएको प्यूठान देखि भालुवाङका सवार भएका यात्रु पुठ बहादुर घर्तिले बताए । ‘नयाँबजार जुम्रीमा सार्वजनिक शौचालय टाढा थियो बड्डाँडा वन्द छ’– उनले भने ‘त्यसकारण दरभान नजिकै रहेका जगंलमा बस रोकेर दिसा पिसाव गर्नु परेको छ ।’
सन् २०१७ सम्ममा जिल्लालाई पूर्ण आनीबानीमा परिवर्तन जिल्ला घोषणा गर्ने रणनैतिक योजना तयार गरिएको तर सार्वजनिक शौचालयहरुको के कस्तो छ भने चेक जाँच नगरिएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सरसफाई फोकल पर्सन भगवता शर्माले बताइन् ।
जिल्लामा पूर्ण आनिवानी घोषणा गर्न तोकिएको समयको झण्डै डेढ वर्ष मात्र समय बाँकी रहँदा हालसम्म कुनै गाविसहरु पनि पूर्ण आनीबानी घोषणा हुन सकेको छैन । सम्बन्धित पक्षले सरसफाईलाई अभियानको रुपमा अगाडि नबढाउँदा स्थानीयमा यस प्रतिको चासो र सरोकार समेत बिस्तारै सेलाउँदै गएको पाइन्छ ।
कतिपय गाविसमा सरसफाईको क्षेत्रमा विनियोजित रकम समेत खर्च हुन सकेको छैन । जिल्लाका विभिन्न बजार केन्द्रमा सार्वजनिक शौचालय नहुनु र भए पनि अव्बस्थित हुनु मुख्य समस्या रहेको यात्रुहरुको गुनासो छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij