आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सञ्चालन

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।

    मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको बैठकमा बन्द यातायात सञ्चालन गर्ने सहमति भएपछि यातायात सेवा सञ्चालन भएको हो ।

    बैठकमा नमस्ते शुक्लाफाँटा यातायात सेवा वैधानिक भए–नभएको बारे यातायात व्यवस्था विभागमा पत्राचार गर्ने र विभागबाट प्रत्युत्तर आएपछि मात्रै वैध भएको खण्डमा यातायात सेवा सञ्चालन गर्न दिने सहमति भएको छ । यातायात व्यवसायीले एकअर्काका बस तोडफोड नगर्ने र तोडफोड गरेको खण्डमा कारबाही गर्ने बैठकमा सहमति भएको छ ।

    नमस्ते शुक्लाफाँटा यातायात व्यवसायी समितिको आधिकारिकताको विषयलाई लिएर महाकाली र पवनदूत यातायात व्यवसायी समितिले यातायात सेवा बन्द गरेको थियो । सोही क्रममा दुईवटा बसमा समेत तोडफोड भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij