आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

मोबाइल चलाउँदा बस दुर्घटना

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • भीमदत्तनगर । दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको बताए । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    “बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कुँवर एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो”, प्रहरी नायब निरीक्षक धामीले भने–“यात्रुहरुले त्यो नगर्न भन्दाभन्दै बस दुर्घटना भयो ।”

    चालकको लापरबाहीका कारण बस दुर्घटना भएको बताउँदै उहाँले चालक कुँवरको खोजी भइरहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij