आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

‘सार्वजनिक निजी साझेदारी केन्द्र्’ स्थापना गरिने

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • काठमाडौँ  । राष्ट्रिय योजना आयोगले सार्वजनिक एवम् निजी क्षेत्रको सहकार्य गर्दै पूर्वाधार विकासलाई अगाडि बढाउने उद्देश्यका साथ ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना गर्ने भएको छ ।

    पूर्वाधार विकासमा निजी क्षेत्रको उत्साह बढाउन केन्द्रमार्फत पहल गर्न लागिएको र आगामी एक महिनाभित्र उक्त केन्द्र सञ्चालनमा ल्याइने राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले जानकारी दिए । आयोगले तयार पारेको खाकाअनुसार एक जना सहसचिवको नेतृत्वमा प्राविधिक, प्रशासन र लेखासम्बन्धी हेर्ने तीन उपसचिवसहितको दरबन्दी स्वीकृत भएर कार्यालय स्थापना गर्ने तयारी अगाडि बढेको छ ।

    आयोगले अहिले स्थापना गरेको केन्द्रलाई दीर्घकालीनरुपमा अगाडि बढाएर मुलुकको सडक एवम् ठूला पूर्वाधार योजनामा सरकार र निजी क्षेत्रलाई विकासमा एकीकृत गराउन सकिने सदस्य श्रेष्ठको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij