प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
काठमाडौं । काठमाडौं महानगरपालिकामा सोलार सडक वत्ती जडान गर्नका लागि महानगरपालिका र नीजि क्षेत्रको कम्पनी बिके ट्रेडर्स एण्ड सप्लायर्सबीच आज सम्झौता भएको छ ।
सम्झौतापत्रमा महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङ र बिके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रञ्जनदास श्रीवास्तव (रोशन) ले हस्ताक्षर गरे ।
सम्झौताअनुसार कम्पनीले एकवर्षभित्र महानगर क्षेत्रभित्र पर्ने कमलपोखरी, टेकु, थापाथली , बबरमहल, बानेश्वर, दरबारमार्ग, कलंकी कालिमाटीलगायतका क्षेत्रमा सोलार सडक वत्ती विस्तार गर्नेछ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले सम्झौतामा महानगरको विकासमा एक इटा थपिएको भन्दै काम समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए ।
यस्तै बिके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रञ्जनदास श्रीवास्तवले महानगरलाई झिलिमिली बनाउने आफ्नो सपना साकार हुन लागेको भन्दै खुसी व्यक्त गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij