आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दुई हप्तापछि साझाका तीस बस सञ्चालन हुने

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३



  • काठमाडौँ । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् ।

    काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको छ । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेकाले दुई सातापछि काठमाडौँ उपत्यकामा सबै बस सञ्चालन हुने साझा यातायातका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार यी ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी—रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ ।

    उपत्यकाबाहिर निरन्तर सेवा

    पछिल्लो समय साझा यातायातले २०७० साल वैशाखदेखि उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको भएपनि दश वर्षपछि गत असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि आठ बस सञ्चालन सुरु गरेको छ ।

    उक्त सेवाबाट यात्रुले निरन्तर सेवा पाउने पाण्डेले जानकारी दिए । अहिले काठमाडौँबाट गोरखा, बाग्लुङ, वीरगन्ज, भैरहवा र लुम्बिनीमा साझाले सेवा दिइरहेको छ । उपत्यकाबाहिर थप बस सञ्चालन गर्नका लागि रुट अनुमतिबारे छलफल भइरहेको पाण्डेले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij