आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सात वर्षमा पनि निर्माण भएन पुल

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३



  • इनरुवा । सुनसरीको नरसिंह र रामनगरभुटाहा गाविस जोडने सुनसरी खोलाको पुल निर्माण कार्य सुरु भएको सात वर्ष भएपनि निर्माण कार्य सम्पन्न भएको छैन ।

    पुल निर्माण गर्नका लागि २०६७ सालदेखि कार्य सुरु गरेको भए पनि अहिलेसम्म तीनवटा पिलर र आधा ढलान बाहेकको कार्य सम्पन्न नहुँदा दुईवटा गाविस जोड्नका लागि डुङ्गा र बाँसको चचरी बाहेकको विकल्प नरहेको स्थानीयवासीले बताएका छन् ।

    स्थानीयवासीलाई आवतजावतमा सजिलो होस् भन्ने उद्देश्यले सात वर्षअगाडि पुल निर्माण कार्य सुरु गरेको र तीन वर्ष अर्थात् २०७० सालसम्ममा पुल निर्माण कार्य सम्पन्न गर्ने भने पनि २०७३ सालसम्ममा पनि कार्य सम्पन्न नभएका कारण स्थानीयवासीलाई आवतजावत गर्नका लागि समस्या भएको रामनगरभुटाहाका गफार अन्सारीले बताए ।

    सो क्षेत्रमा सुनसरी खोलाको बाढीका कारण समस्या हुनुका साथै आवतजावत गर्नका लागि पुल अभावमा स्थानीयवासी ज्यान जोखिममा राखेर जानआउन बाध्य भएका छन् । जिल्लाका ठूला योजनामध्ये एउटा ठूलो आयोजनाका रुपमा रहेको उक्त पुलको निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले आक्रोशसमेत व्यक्त गरेका छन् । पुल निर्माणका लागि ठेक्का पाएको बिपी कन्स्ट्रक्सन कम्पनीका सञ्चालक बद्री सिग्देलको चरम लापरबाही र सरकारी कर्मचारीको बेवास्ताका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको स्थानीयवासी विद्यासागर नुन्दीले बताए ।

    हुलाकी राजमार्गमा पर्ने भुटाहा र नरसिंहको सुनसरी खोलामा पुल निर्माणमा ढिलाइ भएका कारण बाँसको चचरी र डुङ्गामा आवतजावत गर्नुपर्ने बाध्यता छ । नरसिंहको अधिकांश स्थानीयवासीको कारोबार तथा हाटबजार भुटाहा भएका कारणले पुल निर्माण कार्य आवश्यक रहेको स्थानीयवासी बबाजी मण्डलले बताउनुभयो । करिब रु ६ करोड लागतमा निर्माण कार्य सुरु भएकोमा पछिल्लो एक वर्षयता कुनै काम नभएका कारण स्थानीयवासी सशङ्कित भएका छन् ।

    स्थानीयवासीले पुल निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि पटकपटक ताकेता र आग्रह गरेको भए पनि निर्माण कार्यमा कुनै तदारुकता नदेखाएको स्थानीयवासीको आरोप रहेको छ । यता पुल ठेकेदार कम्पनी सम्पर्कबाहिर रहेको स्थानीयवासीको भनाइ छ । पुल निर्माणमा सबैको ध्यान जानु जरुरी देखिन्छ । नत्र राज्यको लगानी बालुवामा पानी खन्याए जस्तै हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij