आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

वनकालीमा ज्ञानेन्द्र, टुँडिखेलमा राष्ट्रपति

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३



  • cfo{ dxf;Dd]ng sf7df8f}Fsf] 6'Fl8v]ndf laxLaf/ cfof]lht cGt/f{li6«o cfo{ dxf;Dd]ngdf /fi6«klt ljBfb]jL e08f/Lnufot cltlyx? . tl:a/ M k|bLk/fh jGt, /f;;

    काठमाडौं  ।   कात्तिक ४– राजधानीको वनकालीमा विश्व हिन्दु महासंघको अगुवाइमा ‘अन्तराष्ट्रिय विराट महासम्मेलन भइरहँदा टुँडिखेलमा पनि नेपाल आर्य समाजको आयोजनामा ‘अन्तराष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन’ भएको छ । aarya
    वनकालीको सम्मेलन पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गरे भने टुँडिखेलको सम्मेलन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।
    आर्यसम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले आर्य सभ्यता प्राचित सभ्यतामध्ये एक भएको भन्दै यसको व्यापक महत्व भएको बताइन् । उनले आर्य सभ्यताबारे उल्लेख अध्ययन र अनुसन्धान हुनुपर्ने औंल्याउँदै महासम्मेलनको सफलताको शुभकामना दिइन् ।
    धर्मका नाममा हुने विभेद अन्त्य गरेर मात्र समाजको विकास गर्न सकिने पनि उनले बताइन् । उनले वैदिक युगमा कर्मकाण्ड, वर्णाश्रम, लैंगिक विभेद, छुवाछुत, रुढीवादी परम्पराले विकृति देखापर्नु दुखद भएको बताइन् ।

    महासम्मेलन ६ गतेसम्म चल्नेछ ।सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, भारत र नेपालका गरी आठ हजार ५०० व्यक्तिको सहभागिता रहेको छ ।
    महासम्मेलनका क्रममा आठवटा छुट्टै सम्मेलनसमेत आयोजना गरिएको बताइएको छ ।
    यता बनकालीको महासम्मेलन उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले निषेधको राजनीति गरिए उपेक्षितहरुमा विद्रोह जन्मिन सक्ने चेतावनी दिए ।
    उनले आजको स्थिति र हिन्दु दर्शनबीच आफूलाई राखेर हेर्न सकिएको खण्डमा यर्थाथलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुने समेत सम्बोधनका क्रममा बताए ।
    ‘बहुजन हिताय, बहुजन सुखाय’को मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकाल्प नभएको भन्दै ज्ञानेन्द्रले सनातनी ओमकार परिवारहरु यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुट्नु पर्नेमा जोड दिए ।
    हिन्दुधर्मको दर्शन र महत्वकोबारेमा सम्बोधनको अधिकांश समय खर्चिएका उनले हिन्दु धर्म एवम् दर्शन विश्वकै महान र उदार रहेको बताए ।
    महासम्मेलनमा विभिन्न देशका स्वामी, सन्त महन्तलगायतको उपस्थिति रहेको थियो भने उनीहरुले नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्नेमा जोड दिए ।
    वनकालीको सम्मेलन पनि ६ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij