प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३
झापा । यहाँको आन्दोलनमा सहादत प्राप्त गरेका झापा बुधबारे–१ का राम प्रधानको ४४औं स्मृतिसभा शुक्रबार मनाइएको छ ।
२०३० कार्तिक ५ गते तत्कालिन सरकारले उनको हत्या गरेको थियो । सोहि दिनको सम्झनामा राम प्रधान स्मृति केन्द्र, नेपालले बुधबारे–१ को भोटेटारमा स्मृति सभा गरेको हो ।
केन्द्रका अध्यक्ष चिन्तन पाठकको सभापतित्व तथा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनको व्यक्तित्वमाथि चर्चा गरिएको थियो ।
कार्यक्रममा सुखानी शहिद स्मृति प्रतिष्ठानका उपाध्यक्ष अर्जुन राई लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij