प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३
राजविराज । सप्तरीको खोजपुर–८ मा शुक्रवार एक १३ वर्षीय बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले दिएको जानकारी अनुसार छनजीराम ठाकुरकी छोरी रेखाकुमारी ठाकुरको यसरी मृत्यु भएको हो ।
घरमा विद्युत लाईट चार्ज गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि सिरहाको लाहान पठाईएको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij