प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३
धनकुटा । धनकुटाको हिलेमा बसले बच्चालाई ठक्कर दिएपछि आक्रोसित स्थानीयबासीले अहिले हिले बजारमा प्रदर्शनसहित सडक अवरुद्ध गरेका छन ।
लेगुवाबाट धरान जाँदै गरेको को.१ ख ३७८२ नम्बरको बसले बिहान करिव १० बजे स्थानीय एक बच्चालाई ठक्कर दिएको हो । ठक्करबाट गंभिर घाईते बच्चाको धनकुटा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।
घटनापछि आक्रोसित घाईतेका आफन्त र स्थानीयबासीले हिले बजारमा टायर बालेर प्रदर्शन जारी राखेको हिले प्रहरी चौकीले जनाएको छ । उनीहरुले बस चालकलाई कडा कारबाही सहित क्षतिपुर्ति लगायतका माग गर्दै प्रदर्शन गरिरहेका छन ।
स्थिती नियन्त्रणमा लिन धनकुटाबाट थप प्रहरी पठाईएको धनकुटाका प्रहरी प्रवक्ता प्रविणलाल श्रेष्ठले जानकारी दिए । बस र चालकलाई हिले प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij