प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३
परियोजनाले नियुक्ति गर्ने कक्षा कोठा सहयोगीहरु जम्मै पलस टु मा अध्ययनरत विद्यार्थीहरु रहेका छन् । पलस टुमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षण अभ्यास गराउनका लागि पनि कक्षा कोठा सहयोगी नियुक्ति गर्नु परियोजनाको मुख्य लक्षय रहेको संयोजक सुनारले वताए ।
विहीवार सम्पन्न कार्यशाला गोष्ठीमा परियोजनाले वालवालिकाहरुको अविभावकहरुमा शैक्षिक जागरण पैदा गरेको सहभागीहरुले वताएका थिए ।
अविभावकहरुले विद्यालय कक्षा कोठाको अध्ययन अवलोकन गर्र्नुका साथै विद्याथीहरुको अध्ययनका लागी स्थानिय शैक्षिक सामाग्री निर्माण गरि विद्यालयलाई हस्तान्तरण गर्ने गरेको सहभागीले वताएका थिए । त्यसै गरी परियोजनाका कारण प्रत्यक अविभावकहरुले घर तहममा वालवालिकाहरुको लागि पढाई कुना निर्माण गरेको सहभागिहरुको तर्क थियो ।
भिएसओको आर्थिक सहयोगमा आसमान नेपालद्धारा सञ्चालित सिकाईका लागि शिक्षण परियोजना जाजरकोट र जुम्लामा मात्र सञ्चालन भएको परियोजना हो । यो परियोजना सन् २९१४ जुन देखि २०१६ डिसेम्वर सम्म सञ्चालन हुने वताईएको छ । जाजरकोटको जगतिपुर र खलंगामा सञ्चालन भएको परियोजनाले भगवति मावि कुदुु, वाल प्रावि कुस्तरा, थर्पुडाँडा प्रावि सालीविसाउन, विश्व प्रावि राताचौर, त्रिभुवन निमावि रिसाङ, हनुमान प्रावि थाप्ले, दिपेन्द्र प्रावि रावतगाउँ र भेरी त्रिवेणी मावि रिम्नामा कार्यक्रम सञ्चाmन गर्दै आई रहेको छ ।।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij