प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३
नवलपरासी । जिल्लामा कर कार्यालयको सेवा केन्द्र नहँुदा यहाँका व्यवसायी मर्कामा परेका छन् ।
कर सम्बन्धी सेवा लिनका लागि यहाँका सेवाग्राहीलाई रुपन्देही र चितवनस्थित कर कार्यालयमा धाउनुपर्ने बाध्यता रहि आएको छ ।
जिल्लामा कर कार्यालय नहुँदा नवलपुरक्षेत्रका सेवाग्राही चितवन, सदरमुकाम परासी क्षेत्रसहित दक्षिणी क्षेत्रका सेवाग्राही भैरहवा र दाउन्नेवारी राजमार्ग क्षेत्रका सेवाग्राही बुटवलस्थित कर कार्यालयमा जान बाध्य छन् ।
कर सम्बन्धी सेवा लिनका लागि यहाँका सेवाग्राही दिनभरी लगाएर चितवन, भैैरहवा र बुटवल जानुपर्ने बाध्यतालाई तत्काल अन्त्य गर्नुपर्छ, उद्योग वाणिज्य सङ्घ परासीका अध्यक्ष भिमबहादुर थापा (भरत) ले भन्नुभयो –“तत्काल जिल्लामै कर कार्यालय अथवा सेवा केन्द्र स्थापना गरी सेवाग्राहीलाई सहजता उपलब्ध गराउने व्यवस्था राज्यले मिलाउनुपर्दछ । ”
नवलपरासी कर सङ्कलन गर्ने जिल्लामध्ये मुख्य जिल्ला पर्दछ । नवलपरासी जिल्लामा साना, मझौला र ठूला गरी करिब १० हजार भन्दा बढी व्यावसायी रहेको अनुमान छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij