आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

बालुवाटारमा धर्ना बस्न गएको गौतम परिवारलाई प्रहरीको अवरोध

  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३



  • काठमाडौं   । युनिटी लाइफ इन्टरनेश्नल कम्पनीको ठगी प्रकरणमा विश्वनाथ गौतमलाई फसाईएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार छेउमा धर्ना बस्न गएको समूहलाई प्रहरीले अबरोध गरेको छ ।
    न्यायका लागि एक महिनादेखि बानेश्वरछेउ सडक धर्नामा रहेका आफन्त तथा परिवारका सदस्यले आज दवावका लागि प्रधानमन्त्री कार्यालयको छेउमा धर्ना बस्न गएका थिए ।
    बालुवाटारको निषेधित क्षेत्रबाहिर धर्ना बस्न लाग्दा १२ जनालाई पक्राउ गरी कमलपोखरी प्रहरी बृतमा ल्याएको बिश्वनाथ गौतमका परिवारले बताएका छन् ।

    धर्नाका लागि प्लेकार्ड, ब्यानर सहित एक सय ५० जनाले धर्ना गर्ने कार्यक्रम राखिएको दीपा अधिकारी गौतमले बताइन् ।

    ६ बर्षदेखि विश्वनाथ गौतम नख्खु कारागारमा छन् । उनी निर्दोष रहेको विभिन्न प्रमाण परिवारसँग रहँदा रहँदै पनि सरकारले अन्याय गरेको भन्दै गौतमका परिवार तथा आफन्तले सडक आन्दोलन र धर्ना गर्दै आएका छन् ।

    गौतमकी श्रीमती दीपा सहित परिवारका सदस्य र आफन्तले बानेश्वरमा धर्ना दिएको पनि एक महिना भएको छ ।

    विश्वनाथ गौतमलाई न्याय दिन माग गर्दै दशैमा पनि उनको परिवार सडक धर्नामा बसेका थिए । धर्नामा विभिन्न पार्टीका नेताहरु उपस्थित भएर न्यायका लागि ऐक्यबद्धता जनाएपनि न्याय दिन सरकारले आलटाल गरेकोमा परिवारको गुनासो छ ।

    विश्वनाथ गौतमका परिवारले उनी यूनिटीको संचालक तथा शेयरहोल्डर नभएको प्रमाण सहित सरकारी निकाय धाँउदा समेत सुनुवाई नभएपछि आन्दोलन थालेका हुन् । विश्वनाथ गौतम २०६८ असार ३ गतेबाट नख्खु जेलमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij