शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियान शुरु हुदै ।

  • प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३



  • दाङ २७
    क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानको भाद्र ७ गर्ने उदघाटन गरिने भएको छ
    । तुलसीपुर बजार लाई सरसफाई युक्त बनाउनका लागी शुरु गर्न थालिएको
    अभियानको नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले उदघाटन गर्ने
    कार्यक्रम तय भएको छ । क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानका सन्र्दभमा आज
    तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकारहरु संगको अन्र्तक्रिया
    कार्यक्रममा त्यस्तो जानकारि दिईएको हो । अभियानका संयोजक एव बाणिज्य
    संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै
    रिजालले बाग्मति सरसफाई अभियानका अभियन्ता पुर्व मुख्य सचिव पौडेल र
    बातावरण बिज्ञ डाक्टर राजु अधिकारिको उपस्थीतिमा भाद्र ७ गते विहान
    अभियानको उदघाटन गरिने बताउनु भयो । अभियानको उदघाटन अघि ६ गते दिउसो
    तुलसीपुरमै उहाँहरुकै उपस्थीतिमा अन्र्तक्रिया कार्यक्रमको समेत आयोजना गरिने
    रिजालले बताउनुभयो । तुलसीपुर क्षेत्रलाई सरसफाई तथा हरियालि बनाउनका
    लागी यो अभियान शुरु गर्न लागीएको रिजालले बताउनु भयो । उहाँले यो
    अभियानले तुलसीपुरको मुहार परिवर्तन गर्ने भन्दै सवैको सहयोग र सुझावको
    अपेक्षा समेत गर्नुुभयो । रिजालले बाणिज्य संघले यो अभियानका लागि समन्वय
    गर्न लागेको भन्दै प्रमुख दायित्व तुलसीपुर नगर पालिकाको हुने समेत बताउनु
    भयो । त्यसैगरि रिजालले अभियानका क्रममा सहभागिहरुले झाडु लगाउने भन्दा
    जनचेतना अभिबृद्धिमा लाग्ने बताउनु भयो । उहाँले भन्नु भयो नगर वासीहरुलाई
    आफनो घर वा पसल अगाडि आफै सफा गर्न पर्छ भन्ने जनचेतना अभिबृद्धि गर्नु
    अभियानको प्रमुख उदेश्य हो । यो अभियानले तुलसीपुरलाई हरियालि ,
    सरसफाई ,सवारि ब्यवस्थापन ,बजार ब्यवस्थापन लगाएतमा सहयोग पुग्ने रिजालको
    भनाई रहेको थियो । अभियानका लागी कुनै कसै संग आर्थिक सहयोग
    नमागिएको बताउदै रिजालले स्वत स्फुर्त रुपमा सवैले सहयोग गर्ने बताउनु भयो
    । तुलसीपुर उद्योग बाणिज्य सघको समन्वय , तुलसीपुर नगरपालीकाको साझेदारि
    र अन्य बिभिन्न संघ संस्थाको आयोजनामा अभियान गर्न लागीएको रिजालले
    बताउनु भयो ।

    अन्र्तक्रिया कार्यक्रममा बोल्दै तुलसीपुर नगर पालिकाका शाखा अधिकृत काजु
    शर्माले अभियानका लागी तुलसीपुर नगर पालिका तयारि अवस्थामा रहेको बताउनु
    भयो । तुलसीपुर नगर पालीकाले पनी स्वच्छ एव हराभरा तुलसीपुर बनाउन चाहेको
    भन्दै नगरवासीहरुको सहयोगको अपेक्षा गर्नु भयो । शर्माले तुलसीपुरमा स्थाई
    डम्पीङ साईड नहुदा केहि समस्या भए पनि फोहर ब्यवस्थापनका लागी लागि परेको
    बताउनु भयो । तुलसीपुरमा हाल छाडा पशु चौपायाको समस्या बिस्तारै कम हुदै
    गएको तर कुकुरको भने बिगविगि शुरु भएको बताउनुभयो । कुकुर नियण्त्रण गर्न
    समस्या भएको उहाँको भनाई रहेको थियो । नगरपालिकाले यो वर्ष
    तुलसीपुरको ख लाईनमा बृक्षा रोपन कार्यक्रम शुरु गरेको समेत जानकारि
    दिनुभयो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij