आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

आफैंले धराप थापेको बन्दुक पड्किँदा आफ्नै मृत्यु

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • अर्घाखाँची  । बदेल मार्न आफैंले धराप थापेको भरुवा बन्दुक पड्किँदा अर्घाखाँची सिमलपानी–९ ढाडखोलाका ६० वर्षीय जीत बहादुर भाटक्षेत्रीको घटना स्थलमै ज्यान गएको छ ।

    घटनास्थलबाट ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक विवेक कुमार शाहको नेतृत्वमा गएको प्रहरीको टोलीले १ थान भरुवा बन्दुक र केही बारुत केप समेत बरामत गरेको छ ।

    कात्तिक ३ गते साँझ घरबाट हराएका भाटक्षेत्रीलाई गाउँलेले खोज्ने क्रममा शनिबार साँझ घर नजिकैको जङगलमा मृत्यु अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

    खुट्टामा गोली लागेर अत्यन्तै रगत बगेर भाटक्षेत्रीको मृत्यु भएको बताईएको छ । तर, घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । भाटक्षेत्री लहरे उकाली सामुदायीक वनका हेरालु समेत रहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij