आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

जाजरकोटबाट तीस प्रकारका जडीबुटी निकासी

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • जाजरकोट  । जाजरकोट धेरै प्रकारका जडीबुटी पाइने जिल्लामा पर्दछ । विगत ५ वर्षमा विभिन्न ६१ प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री–वितरणका लागि अनुमति दिइएको छ ।

    जिल्ला वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७१/७२ मा ३० प्रकारका जडीबुटी सङ्कलन तथा निकासीबाट १६ लाख ८५ हजार नौ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । दुई लाख चार हजार ४० केजी जडीबुटी सङ्कलनबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिइएको छ ।

    आर्थिक वर्ष २०७२/७३ मा दुई लाख पाँच हजार तीन सय पाँच केजी जडीबुटी सङ्कलन गरी राजस्व १७ लाख १३ हजार पाँच सय ९५।४७ रुपैयाँ सङ्कलन भएको जिल्ला वन कार्यालय जाजरकोटले जानकारी दिएको छ । जडीबुटीमध्ये टिम्बुर ६३ हजार पाँच सय, चुके जरा ३८ हजार तीन सय २५, रिट्ठा १८ हजार पाँच सय, जटामसी (भुल्ते) १२ हजार आठ सय २५, कुट्की नौ सय ५० र सिलाजित एक सय केजी सङ्कलन गरी निकासी भएको जिल्ला वन कार्यालय जाजरकोटका प्रशासन शाखाका नायब सुब्बा ऋषदेव खनालले जानकारी दिए ।

    त्यसैगरी काउलो बोक्रा १६ हजार दुई सय, पासांवेद २४ हजार चार सय, चिराइतो चार सय ४०, अल्लो दुई हजार एक सय, पदमचाल आठ हजार सात सय ५०, गच्छिच्याउ दुई सय, सुगन्धवाल छ सय ११, विषजरा एक सय ३०, अमला दुई सय, बोजो जरा नौ हजार तीन सय, काँकडसिगी एक सय ८०, चिउरी एक हजार छ सय, भृङ्गराज एक हजार पाँच सय, मह तीन हजार पाँच सय ४०, तेजपात २६ हजार नौ सय, सिस्नु दुई हजार ५०, आतिस एक, सेतो चिनी ०।५, चुक्रो चार हजार पाँच सय ५०, कुरिल्लो जरा सात सय पाँच, गुर्जो लहर सात हजार आठ सय ५०, कालादाना एक सय र लोक्ता पाँच हजार छ सय केजी सङ्कलन भएको वन कार्यालयले जनाएको छ ।

    जिल्लामा पाइने ओखरको बोक्रा, पाँच औले सङ्कलन गर्न रोक लगाइएको नायब सुब्बा खनालले बताउनु भयो । वन पैदावारबाट फाइदा लिन स्थानीयस्तरमा केही उद्योग खोलेमा रोजगारी पाउन सकिने र हाल ढिमे र मजकोटमा एक–एकवटा अल्लो प्रशोधन र नेपाली कागज उद्योग दुई, नायवाडामा दुई र दहमा एउटा हातेकागज उद्योग रहेको छ । यसरी धेरै अवसर रहेकाले वनको सही सदुपयोग गर्नुपर्ने भावी सन्ततिलाई फाइदा पुग्नेगरी वनको प्रयोग गर्न जिल्ला वन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij