आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

उपभोक्ता समितिले सरकारलाई भन्यो– बजार अनुगमन अझ प्रभावकारी बनाउ

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • काठमाडौं  । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारले जारी राखेको बजार अनुगमनलाई अझ प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएको छ ।
    समितिको आइतबार बसेको बैठकले यसअघि दिएका निर्देशनको सरकारले पालना गरेपनि अझ प्रभावकारी नभएको भन्दै थप सक्रियताका साथ बजार अनुगमन लगायतका काम अघि बढाउन निर्देशन दिएको हो ।
    समितिका सभापति भिष्मराज आङदेम्बेले समितिले उपभोक्ताको हित र अधिकार संरक्षणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउ । उनले आम नागरिकको दैनिकीसँग जोडिएको विषय भएकाले सरकारी निकायले प्रभावकारी रुपमा बजार अनुगमन गरि कालोबजारी र अनियमितता हुन नदिन निर्देशन समेत दिए ।

    बैठकमा समितिका सदस्यहरुले अघिल्लो सरकारका पालामा चीनसँग पेट्रोलियम पदार्थ ल्याउन भएको समझदारीअनुुसार काम अघि बढाउनेबारे समितिमा छलफल गर्नुपर्ने धारणा राखेका छन् ।
    समितिका सदस्य नारायण खड्काले चीन सरकारसँग तत्कालीन प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका समझदारीलाई कार्यान्वयन गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
    यस्तै समिति सदस्य छायाँ शर्मा पन्तले आपूर्ति मन्त्रालयले केही दिनअघि चीन सरकारसँग गरेको समझदारीपत्रलाई समितिमा छलफल गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij