प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
चितवन । ट्रकको ठक्करबाट घाइते भएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१ वर्षीय युवराज भट्टराईको मृत्यु भएको छ ।
शनिबार दिउँसो पूर्वी चितवनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९७१० नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १९ प ५१८० नं को मोटरसाइकललाई भरतपुर उपमहानगरपालिका– १२ मिलनचोकमा ठक्कर दिँदा भट्टराई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते भट्टराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij