शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बालबालिकाको प्रारम्भिक विकास प्राथमिकतामा

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  • नेपालगन्ज– मुलुकको विकासका आधार मानव संसाधनअन्तर्गत बालबालिकाको सर्वाङ्गीण विकाससँग पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

    युनिसेफ, प्लान नेपाल, सेभ द चिल्ड्रेन र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा बिहीबार यहाँ आयोजित ‘प्रारम्भिक बालस्याहार र विकास कार्यक्रममा बहुपक्षीय लगानी अभिवृद्धि’ विषयको कार्यशालाका सहभागीले राज्यले आप्mनो नीति तथा कार्यक्रममा बालबालिकाको विकासका योजना पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

    कार्यशालामा बालविज्ञ डा किशोर श्रेष्ठ र युनिसेफका डा दीपु शाक्यले ‘प्रारम्भिक बाल विकासको महत्व, आवश्यकता, औचित्य तथा लगानी’, नेपालगन्ज उपमहाननगरपालिकाका निमित्त कार्यकारी अधिकृत मोहन हमाल र युनिसेफका मञ्जु वाग्लेले ‘वहुपक्षीय बालस्याहार प्रारम्भिक बालस्याहार तथा बालविकासमा बालमैत्री स्थानीय शासनको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यशालामा बाँके जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र महिला तथा बालबालिका कार्यालयका तर्पmबाट पनि प्रस्तुत गरिएको कार्यपत्रमाथि सहभागीबीच छलफल गराई सुझाव सङ्कलन गरिएको थियो ।

    कार्यक्रममा सहभागी सरोकार भएका सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीले आ–आप्mनो कार्यालयद्वारा तयार गरिने योजनामा अब उप्रान्त प्रारम्भिक बालस्याहार र विकास कार्यक्रमलाई प्राथमिकतामा राख्नु लिखित प्रतिबद्धता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij