आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

मर्दी हिमाल ट्रेकिङ गएका इजरायली नागरिक पाँच दिन देखि बेपत्ता

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • पोखरा । मर्दी हिमाल ट्रेकिङ  गएका इजरायली नागरिक पाँच दिन देखि वेपत्ता छन् । सेप्टेम्बर २८ मा नेपाल आएका ४५ बर्षीय अमित र्याचम्यान एक्लै मर्दी हिमाल ट्रेक गएका थिए । उनी कात्तिक ३ देखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।

    उनी ४७ सय मिटरको उचाईमा रहेको मर्दी हिमाल बेस क्याम्प पुगेपछि बेपत्ता भएका थिए । उनको खोजीमा ५ जना नेपाल प्रहरी, एक्यापका एक जना, स्थानिय चार जना तीन दिन देखि खटिएका छन् । स्थानिय प्रदिप गौतम, पूर्ण गुरुङ, राजकुमार तामाङ सहितको टोली खोजीमा जुटेको छ ।

    खोजीको लागि इजरायली टोली दुई वटा हेलिकप्टर सो क्षेत्रमा पुगेको छ । एयर डाइनेष्टी र मनाङ एयरको हेलिकप्टर मार्फत आईतवार दिनभर उनको खोजी गरिएपनि फेला पार्न नसकिएको सो क्षेत्रमा पुगेका फोटो पत्रकार दुर्गा प्रसाद पौडेलले जानकारी दिए ।

    पोखराबाट स्विस र्याफ्टिङ एण्ड ट्रेकिङका टोली र इजरायली टोली गरी आइतवार ८ जनाको अर्को टोली खोजीम जुटेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार अक्टोवर १५ मा उनी पोथना प्रवेश गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक घनश्याम अर्यालले मानिस बेपत्ता भएको खबर आएलगतै कात्तिक ४ गते देखि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा पाँच जनाको टोली पठाइएको जानकारी दिए । स्थानियवासीको सहयोगमा खोजी कार्य जारी रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij