आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

महामारी फैलिएपछि डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • चितवन  । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ ।

    Chitwan_district_locationरत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले भरतपुर अस्पतालबाट २५ र रत्ननगर बकुलहर अस्पतालबाट २५ वटा नमुना सङ्कलन गरेर लैजाने र डेङ्गुको प्रकार छुट्याउने छ । मुख्यगरी डेङ्गुका चार प्रकार हुन्छन् । डेङ्गु–१, डेङ्गु–२ डेङ्गु–३ र डेङ्गु–४ गरेर प्रकार छुट्याइएको छ । नेपालमा चारवटै प्रकारका डेङ्गु पाइएको भए पनि यसपालि फैलिएको डेङ्गु कुन प्रकारको हो भनेर पत्ता लगाउन परीक्षणका लागि नमुना सङ्कलन गरिएको इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बताए ।

    “कुनै एक प्रकारको डेङ्गु लागेको मानिसलाई अर्को चोटि त्यही प्रकारको रोग लाग्दैन, नयाँ प्रकार देखिन्छ र यो जटिल हुँदै जान्छ”, भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा विजय पौडेलले भने । चितवनमा भदौदेखि अहिलेसम्म दुई सय ७२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दुई सय २२ जना भने रत्ननगर नगरपालिकाका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार नेपालमा अहिलेसम्म १२ जिल्लामा डेङ्गु देखिएकामा तीन सय चारजनामा सङ्क्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij