प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
काठमाडौ । राजधानीमा केही दिन पहिला घोषण भएको चलचित्र ‘युनिटी’बाट निर्देशक डब्बु क्षत्रीले हात भिक्ने भएका छन् । चलचित्र राहदानी बनाएर चर्चामा आएका रंग पत्रकार डब्बु क्षत्रीले आन्तरकि समस्याका कारण चलचित्र युनिर्टि निर्देशन नगर्ने मनस्थितीमा पुगेका हुन् ।
उनले चाडै नै एक विज्ञप्ती मार्फत चलचित्र छोड्ने जानकारी गराउने बुझिएको छ । चलचित्र सिने मनबल इन्टरप्राइजेज र कर्पोरेट म्यागजिनको संयुक्त निर्माण बन्न लागेको हो ।
चलचित्रले २०६० देखि ०६८ को बीचमा नेपालमा फस्टाएको नेटवर्किङ व्यवसायको बिषय उठाउने घोषणा कार्यक्रममा बताइएको थियो । असोज पहिलो साताबाट छायांकन जाने भन्दै घोषणा गरिएको चलचित्र अहिलेसम्म सुरु हुन सकेको छैन ।
हर्कुलेस बस्नेतको संगीत, शैलेन्द्र सरद र डब्बु क्षत्रीको गीत, सुसन प्रजापतिको छायांकन, शक्तिप्रज्वल घिमिरेको सम्पादन, सुलभ ढकालको निर्माण व्यवस्थापन रहने यस चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, सुष्मा महराको हेयर स्टाइल, शिक्षा श्रेष्ठको फेसन डिजाइन तथा स्टाइल र उज्जवलजंग शाहको कथा रहेने बताइएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij