आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

उपत्यकामा भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान सम्झौता सोमबारदेखि

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • काठमाडौँ   । काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न सोमबारदेखि अनुदान सम्झौता सुरु हुने भएको छ ।

    काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ लाभग्राहीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले राससलाई जानकारी दिए ।

    “उपत्यकाका ३६९ वडामा सोमबारदेखि अनुदान सम्झौता सुरु गर्न जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइलाई परिपत्र गरिएको छ, सबै वडामा एकैपटक काम सुरु हुने भएकाले छिटो अनुदान सम्झौता सकिइ पहिलो किस्ताको रु ५० हजार वितरण हुनेछ”– उनले भने ।

    केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका तीन जिल्लामा लक्षित नमुना (भेरिफिकेसन मोडेल) बाट भूकम्पपीडितको सूची सङ्कलन गरेको थियो । विभागले एक लाख १५ हजार लाभग्राहीको सूची प्राधिकरणमा पठाए पनि ९० हजार ८८८ मात्र स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

    भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटमा अनुदान सम्झौता र पहिलो किस्ताको रु ५० हजार वितरण भइरहेको छ ।

    भूकम्प प्रभावित अन्य १७ जिल्लामा लाभग्राहीको सूची सङ्कलनको तयारी सुरु भएको विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij