प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
भक्तपुर—१३ साउन— शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि उपत्यकाका थुप्रै संूस्थागत विद्यालयले शुल्क विवरण बुझाउन अटेर गरिरहेको पाइएको छ ।
हरेक शैक्षिक सत्रसँगै विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण बुझाउनपर्नेमा उपत्यकाका अधिकांश संस्थागत विद्यालयले विवरण बुझाउन अटेर गरिरहेका छन् ।
उपत्यकामा रहेका करिब १ हजार ५ सय विद्यालयको अनुगमन सम्भव नभए पनि ती विद्यालयले जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण भने अनिवार्य बुझाउनपर्छ ।
तर,शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि विवरण नबुझाउने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन नसकिएको बताइएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरका ३० संस्थागत विद्यालयले शुल्क विवरण बुझाएका छैनन् । भक्तपुरमा २ सय ५ संस्थागत र १ सय २७ सामुदायिक विद्यालय छन् ।
भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले शुल्क विवरण नबुझाउने विद्यालयलाई अन्तिम पत्र काटिसकिएको बताउनुभयो । आजको राजधानी दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij