आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सुकेटारमा बजार अनुगमन

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • ताप्लेजुुङ  । आइतबार ताप्लेजुङको सुकेटार बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईको नेतृत्वमा बजारको अनुगमन गरिएको हो ।

    अनुगमनका क्रममा केही अखाद्य वस्तु तथा म्याद गुज्रेका सामग्री बरामत गरिएको संयोजक तथा सहायक प्रजिअ भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार सुकेटार बजारका आठ वटा होटल तथा पसलको अनुगमन भएको र त्यसमा म्याद गुज्रेका खाद्य सामग्री खाने तेल २३ पोका, आँटा (पिठो) पाँच केजीको एक पोका र एक थान तराजु तथा एउटा एक किलोग्रामवाल ढक बरामत गरिएको छ ।
    बरामत सामान तेल तथा पिठो नष्ट गरिएको र ढक तराजु जफत गरिएको सहायक प्रजिअ भट्टराईले बताए । त्यस्तै सबै प्रक्रिया नपु¥याई सञ्चालन पसललाई प्रक्रिया पूरा गर्न निश्चित समय उपलब्ध गराएको उनले जानकारी दिए । जिल्ला प्रशासनसहित कोष तथा लेखा नियन्त्रक, घरेलु, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला पशु, कृषि, प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार लगायतको प्रतिनिधित्व रहेको संयुक्त अनुगमन समितिले बजारको अनुगमन गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij