प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा आइतबार साँझ लोपोन्मुख अवस्थाको गोही फेला परेको छ ।
घर आँगनमै गोही फेला परेपछि सेठी परिवारले बेलडाँडी रेञ्जपोस्ट कार्यालयमा खबर गरेका थिए । गोहीको उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको रेञ्जपोस्टका प्राविधिक उत्तमबहादुर विष्टले बताए।
फेला परेको गोहीको बच्चाको तौल १० किलो रहेको उनले जानकारी र्दिए। गोही आरक्षको कालीकिच सीमसार क्षेत्रबाट यहाँ आएको हुनसक्ने बताइएको छ ।
ठूलो परिमाणमा बेवारिसे पटाका बरामद
यसैगरी कञ्चनपुरको भीमदत्तगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट प्रहरीले आइतबार साँझ ठूलो परिमाणमा बेवारिसे अवस्थाको पटाका बरामद गरेको छ ।
तिहारलाई लक्षित गरी भारतीय सीमावर्ती बजारबाट लुकाइछिपाइ ल्याउँदै गरेको ठूलो सानो आकारका दुई बोरा पटाका बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।
पटाका ल्याउनेले प्रहरी देख्ने बित्तिकै भागेकाले पक्राउ गर्न नसकिएको उनको भनाइ रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij