प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
सोलुखुम्बु । सोलुखुम्बु चौरीखर्कमा पुलबाट खसेर आज विहान एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौरीखर्क–३ का गाग्रे लामिछानेका ३७ वर्षीय छोरा कुमार लामिछाने रहेको प्रहरीले जनाएको छ ।
घर फर्कने क्रममा चौरीखर्क–६ र ९ नं. वडाको बीचमा पर्ने छुठावा खोलाको पुलबाट खसेका लामिछानेको शव बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घर फर्किने क्रममा उनी आइतबार राति नै पुलवाट खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ ।
मजदुरीगर्दै आएका लामिछाने रेलिङ नभएकाले पुलबाट खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij