प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
काठमाडौ । अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरण (आइकाओ)का प्रतिनिधीले बुद्ध एयरको हवाइ सुरक्षा सम्वन्धी सुपरिक्षण दिएका छन् । प्राधिकरण तथा आईकाओका प्रतिनिधि क्यापटेन मेरी हेलेन जुब्रीकिज, क्याप्टेन माइकल ब्लेण्ड र होजे एम स्यालग्योरोले बुद्ध एयरका विभिन्न एकाइलाई प्रशिक्षण दिएका हुन् ।
अडिटका क्रममा उनीहरुले एयरका केहीमा प्राविधिक कुरा सुधार गर्नुपर्ने जनाएका छन् ।
हवाईयात्रालाई थप आरामदायी तथा जोखिम न्यूनिकरणका लागि बुद्ध एयर विगतका वर्षदेखि नै विभिन्न अन्तर्राष्ट्रिय हवाई सुरक्षण परीक्षकबाट विभिन्न विभाग, एकाई र जनशक्तिलाई परीक्षण गराईरहेको छ ।
प्रशिक्षणवाट प्राप्त नतिजा उत्साहप्रद रहेको बुद्ध एयरका कार्यकारी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । बस्नेतले प्राधिकरण तथा आईकाओका प्रतिवेदनलाई यथाशिघ्र सम्वोधन गर्ने जनाएका छन् ।
बुद्धले झण्डै दुई दशकदेखि नेपाल र नेपाली आकाशलाई जोड्दै स्वदेशी तथा विदेशी यात्रुलाई सेवा प्रदान गरिहेको छ । बुद्धको बजार हिस्सेदारी ६१ प्रतिशत रहेको छ । हवाईयात्रालाई थप व्यवस्थित तथा जोखिमहरुलाई न्यूनिकरणका लागि बुद्ध एयरले कर्मचारी तथा विभिन्न जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको तालिमका लागि विभिन्न देश तथा आईटाको प्रशिक्षण केन्द्र पठाउने गरेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij