आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

२४ वर्षदेखि ढुङ्गा कुटेर जीविकोपार्जन

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३



  • ;'gf/ hLjge/ 9'+uf s'6]/ hLljsf]kfh{g lnafª -/f]Nkf_ uh'n # sf %& jifL{o cfOt/fd ;'gf/ v'd]nuf9 vf]nfsf] lsgf/df 9+'uf s'6]/ hLljsf]kfh{g ub}{ . tl:a/M sljtf pkfWofo,/f]Nkf

    रोल्पा  । गजुल–३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै अाएका छन् । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेको भेटिन्छन् ।

    यसरी ढुङ्गा कुटेर उनकोे आठजनाको परिवारले जीविका चलाउँदै आएको छ । औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाएका सुनारका दुई छोरा गरिबीका कारण पढाइ छोडेर भारतमा जागिरका लागि भौँतारिइरहेका छन् भने कक्षा ७ मा अनुत्तीर्ण भएका उनका १५ वर्षीय एक छोरा उनीसँगै काम गर्छन् । ते¥ह वर्षको कलिलो उमेरमा टुहुरो बनेका सुनार बुबाको मृत्युपछि भारतमा पैसा कमाउन भनेर १० वर्षसम्म भौँतारिए । तर पनि पढाइ–लेखाइ नभएका कारण उहाँले भारतमा राम्रो जागिर पाउन सकिएन । ढुङ्गा नै कुट्नुपर्छ भने किन परदेशमा बस्ने भन्ने सोची स्वदेश फर्किएर उनले यो पेसा रोजेकोे बताए ।

    ढुङ्गा कुटेर कमाएको सानो रकम पनि ठेकेदारले ठगेको स्मरण गर्र्दै उनी सानो जग्गा किन्दा लागेको ऋण तिर्न नसकेका कारण छोराहरुलाई बीचमै पढाइ छाड्न लगाएकामा सबैभन्दा ठूलो पछुतो गर्छन्  । चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने गरेका सुनारले हातखुट्टामा घाउचोटका दाग देखाउँदै भने, “यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता छ ।”

    वर्षापछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुने उनको अनुभव छ । पछिल्लो समयमा मानिसको यसतर्फ आकर्षण बढ्दै जानुले पनि खोला किनारमा ढुङ्गाको अभाव बढ्दै गएको उनको भनाइ छ । आयआर्जनको अन्य बाटो नभएको हुँदा कष्ट मोलेर भए पनि उहाँ बाचुन्जेल यही कामलाई निरन्तरता दिने सोचमा छन् । अभावमा छट्पटिएर बाल्यकाल गुजारेका सुनारले सबैभन्दा ठूलो कुरा पढाइ–लेखाइ नै हो भन्ने ठानी हाल घरमै छोराछोरीसँगै पढेर आफ्नो नामसम्म लेख्न सक्ने भएको बताए ।

    कहिले घाम कहिले पानीमै रुझेर काम गर्नुपर्दा समय समयमा बिरामी भइरहने हुँदा उनलाई अबको बाँकी भविष्यको समेत चिन्ता लाग्ने गरेको छ । जोखिम मोलेर यस पेसामा कटिबद्ध भएका सुनारको सरकारले वास्तविक दुःखी र गरिबलाई पहिचान नगर्ने तर चलाख मान्छेलाई मात्र हेर्ने गरेको आरोप छ ।

    ढुङ्गा कुट्ने पेसालाई व्यावसायिक रुपमा अँगाल्नेको सङ्ख्या कम भए पनि वर्षापछिको समयमा खुमेलगाड खोलाको बगरैभरि ढुङ्गा निकाल्ने मान्छेको भीड देख्न सकिन्छ । पुर्खौंदेखि घर छाउन प्रयोग गरिँदै आएको यस प्रकारको ढुङ्गा जहाँतहीँ पाइँदैन । समयसँगै बजारमा घर छाउन सस्तो तथा सरल विभिन्न सामग्री उपलब्ध भए पनि यसको माग र भाउ दिनानुदिन बढ्दै गइरहेको छ ।

    यस किसिमको पेसाको निम्ति अत्यधिक बल र बुद्धि आवश्यक हुने भएकाले बिरामी तथा वृद्ध अवस्थाका मानिसलाई यो काम गर्न कठिन हुने गर्दछ । त्यसैले त्यस्ता व्यक्तिलाई सरोकारवाला निकायले ध्यान दिएर अन्य कुनै उमेर सुहाउँदो सरल र सहज व्यवसायको व्यवस्था गरिदिन आवश्यक देखिन्छ । परिश्रमको लेखाजोखा गर्दा कुनै पनि काम सरल नहुने भए पनि युवा अवस्थाभन्दा बुढेसकालमा यस किसिमको पेसा अँगाल्नुपर्ने बाध्यता साँच्चै पीडादायी हुने उनीहरुको अनुभव छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij