प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट लोकमानसिंह कार्की फोटो हटाइएको छ । कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले कार्की निलम्बनमा परेपछि उनको तस्बिर हटाइएको बताए ।
२०७३ असार २ गतेको मन्त्रिपरिषद् निर्णयले अख्तियारको क्षेत्रीय र सम्पर्क कार्यालयको नाम परिवर्तन गरी आयोगको कार्यालय बनाएको हो । २०७८० असोज १ गते कार्कीले नै जुट किसानको स्वमित्वमा रहेको भवनमा कार्यालय उद्घाटन गरेका थिए ।
इटहरीस्थित कार्यालयमा ४० जनाको दरबन्दी छ । जनासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भए पनि प्रमुखलाई सहजै भेट्न जान सकिँदैन । पहिले गेटमा रहेको प्रहरीले केरकार गर्छन् । उनले सबै विवरण टिपाएर एउटा रजिस्टरमा सही गराउँछन् । त्यसपछि पास लेखिएको कार्ड काँधमा भिरेपछि मात्र भित्र प्रवेश पाइने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij