आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न ढिलो गर्न नहुने

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनीध मण्डलले अाज स्वास्थ्यमन्त्री गगन थापासँग भेटी स्वास्थ्य अधिकार लगायत समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।
    साे अवसरमा लागुऔषध र लागुपदार्थ दुव्र्यसनको घटना बढ्दै जानु देश र समाजका लागि चिन्ताको विषय भएको र यो प्रवृत्तिले महामारीको रुप लिनु अगाडि नै रोकथामका लागि व्यापक पहल र अभियान सञ्चालन गर्नुपर्ने, लागुऔषधको दुव्र्यसन, लागुपदार्थको कारोबार र व्यसनमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने, प्रत्येक वालिग महिलाहरुको लागि मासिक स्वास्थ्य भत्ताको व्यवस्था हुनुपर्ने, स्वास्थ्य सेवा आम नागरिकको पहुँच भन्दा टाढा र महंगो हुन नहुने, नागरिकहरुको अनिवार्य स्वास्थ्य विमा हुनुपर्ने लगायतका बुदाँमा ध्यानाकर्षण गराइएको थियो ।

    यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिहं कार्कीविरुद्ध प्रारम्भमा गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठका तर्फबाट संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरी नागरिकको आवाज मुखरित गरेकोमा मन्त्री थापालाई धन्यवाद दिदैँ हाल दर्ता भएको महाअभियोग प्रस्ताव पनि सहज ढंगले पारित हुने विश्वास समाजका तर्फबाट व्यक्त गरिएको थियो । उक्त प्रस्ताव पारित हुन नसके नेपाली समाजमा आन्दोलनको नयाँ लहर उठने कुरा पनि अवगत गराइएको थियो ।
    प्रतिनिधिमण्डलले स्वास्थ्य क्षेत्रका बारेमा राखेको जिज्ञासामा मन्त्री थापाले आधारभुत स्वास्थ्य सेवाका लागि ऐन बन्ने प्रक्रियामा रहेको, सबै नागरिकको स्वास्थ्य विमा गरिने र विमा रकम भुक्तानी गर्न नसक्नेहरुका लागि राज्यले नै त्यस्तो रकम भुक्तानी गरिदिने खालको नीति बनाउन लागेको जानकारी दिए ।
    उनले लागुऔषध र लागुपदार्थ दुव्र्यसनको घटना बढ्दै गएकोप्रति आफ्नो ध्यानाकर्षण भएको र त्यसलाई न्यूनिकरण गर्नका लागि सक्दो प्रयास गर्ने बताए ।

    शान्ति समाजको प्रतिनिधि मण्डलमा सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, समाजका सदस्यहरु जयराम पुडासैनी र गोकर्ण थापा संग्लन थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij